समाज

इप्रका कञ्चनरुप ,सप्तरीमा कार्यरत डीएसपी लोकनाथ तिमिल्सिनाको निमोनियाको कारण निधन

कञ्चनरुप (सप्तरी) , २६ कात्तिक । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीमा प्रमुखको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निमोनियाको कारण निधन भएको छ ।
४६ वर्षीय तिमिल्सिनाको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा शुक्रवार विहान ५ बजे उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताउनुभयो ।
दशैं अघि बिरामी भएका तिम्सिनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि उनलाई केही दिनअघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।
निमोनियाबाट पीडित तिम्सिनाको उपचारकै क्रममा काठमाडौंमा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
कञ्चनरुप, सप्तरीका प्रमुख डिएसपी नरेशकुमार सिंह सरुवा भई हेटौडा गएपछि तिम्सिना काठमाडौंबाट सरुवा भई गत असार ९ गतेदेखि सप्तरीमा कार्यरत थिए।
नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएको उहाँ केही महिना यता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिनुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page