समाज

साढे चार लाख जरिवाना नतिरी बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्तरी, १ वैशाख । बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–२ का ३५ वर्षीय इन्द्रनारायण साहलाई बुधबार गाउँघरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । उनी साढे चार लाख जरिवाना नतिरेर फरार रहेका थिए ।
काठमाडौं महानगरपालिका–९ गौशाला बस्दै आएका साहलाई रुपनीस्थित घर आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
रामशोभित नायकले दिएको बैंकिङ कसुरको उजुरीका आधारमा उच्च अदालत पाटनको संयुक्त ईजलासले साहलाई २०७७ चैत ४ गते २ दिन कैद र ४ लाख ४८ हजार जरिवानाको फैसला गरेको थियो।
साहलाई कैद भुक्तानको लागि राजविराज कारागार चलान गरिएको जनाइएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page