आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

सप्तरीमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा २३ लाख बराबरको क्षति

सप्तरी, १३ जेठ । सप्तरीको छिन्नमस्ता गाउँँपालिका–५ लोखरम भटोत्तरमा आज विहान लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा ६ जनाको घरमा क्षति पुगेको छ ।
लामखुट्टे धपाउन महेन्द्र कामैतले गुहाली घरमा बालेको घुरबाट सल्किएको आगो चारैतिर फैलिंदा महेन्द्रसहित ६ जनाको घरमा क्षति भएको हो ।
आगलागीबाट महेन्द्र कामैत, शंकर कामैत, शत्रुघन कामैत र भरत कामैतको घरमा पूर्ण क्षति भएको छ । आगलागीबाट गाउँबस्तीलाई जोगाउन बेचन कामैत र शनिचर कामैतको घर समेत भत्काउनु परेको छिन्नमस्ता गाउँपालिका ५ नम्बर वडा अध्यक्ष जयप्रकाश ठाकुरले बताउनु भयो ।
बाटो नभएकोले बारुणयन्त्र जान नसक्दा घर र गोठसहित लत्ताकपडा, फर्निचर, अन्नपात, भाँडाकुँडा जल्दा साढे २३ लाख बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।
गाउँलेहरुले ३ घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page