समाज

सप्तरीको तिलाठी कोइलाडीमा छिमेकीको कुटाईबाट एक गर्भवति महिलाको गर्भपतन

बृजमान तामाङ /
राजविराज, १४ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ की २२ वर्षिय राजु देवि मण्डलमाथी आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छ्न ।
छिमेकी हरिहर मण्डल र उनका छोराहरुको कुटपिटबाट आफ्नो पाँचहप्ताको गर्भसमेत तुहिएको राजुदेवीले आरोप लगाएकी हुन ।
नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलन बोल्दै पिडित महिलाले हरिहर मण्डल, उनका छोरा श्रीराम मण्डल र शिवशंकर मण्डलले घरमा आएर आन्दाधुन्दा कुटपिट गरेको बताईन । जेठ ९ गते दिउँसोको कुरा हो,मेरो श्रीमान बाख्रा चराउन गएका थिए राजुदेवीले भनिन, बाख्रा चाराउने ठाउँमा हरिहरले पालेको कुकुरलाई कुटेका थिए,उनले थपिन, सोही विषयलाई लिएर दिउँसो तिनबजे बावुछोरा तिनैजना मिलेर घरपसेर अन्धाधुन्ध कुट्न थाले, उनिहरुले लछारपछार गर्दै कुटपिट गर्दा आफ्नो सातहप्ताको गर्भ समेत खेर गएको पीडित मण्डलले पत्रकार सम्मेलनमा दुखेसो पोखिन । मलाई लाती र मुड्कीले जथाभावी हान्न थाले, उनले भनिन, उनिहरुको कुटाइबाट मेरो पेटमा गम्भीर चोट लागेर रक्तस्राव हुन थाले, जेठ १० गते जाँच गराउन जाँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरे ।

उनले घटना सम्बन्धि प्रहरीलाई जानकारी गराएपनी सुनुवाइ नभएको बताईन । जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपनी संलग्न ब्यक्तिहरुलाई अहिले सम्म पक्राउ गरेन, उनले भनिन, छिमेकी हरिहरले तैले केही गर्न सक्दैनस भन्दै आफुलाई पटकपटक धम्की दिने थप याताना दिने गर्छ । आफू अन्यायमा परेको भन्दै पिडित महिलाले पत्रकार सम्मेलन मार्फत न्यायका लागि संचारकर्मी, मानव अधिकारकर्मी, स्थानीय प्रशासन लगायतलाई सहयोगको लागि आग्रह समेत गरिन । उनले शान्ती सुरक्षा, उपचार खर्च र संलग्न ब्यक्तिहरुलाई कडा कारबाहीको माँग गरिन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले घटना बारे बुझेर जानकारी दिने बताए । घटना के हो पीडित पक्षको जाहेरी आएको छ्न वा छैन बुझेर भन्छु प्रहरी नायव उपरीक्षक काफ्लेले भने, धेरै कुरो मलाई पनि थाह नभएको हुन सक्छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page