राजविराज, २६ असार । चित्रगुप्त सेवा समिति राजविराजका नवनिर्वाचित पदाधिकारीहरुले आइतबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
चित्रगुप्त सेवा समिति राजविराजका निवर्तमान अध्यक्ष अशोक कुमार कर्णको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष विमल कुमार कर्ण लगायतका पदाधिकारीहरुले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नर्सिङलाल कर्णले नवनिर्वाचित अध्यक्षलाई सपथ एवं पदभार गराउनु भएको थियो भने अन्य पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्षले सपथ तथा पदभार ग्रहण गराउनु भयो ।
समितिको उपाध्यक्षमा रमेश मल्लिक, महासचिवमा रनधिर कुमार कर्ण, सचिवमा सुरेन्द्र कुमार कर्ण, कोषाध्यक्षमा राजेश कुमार कर्ण निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा राजिव कुमार कर्ण, दिलिप कुमार दास, राजिव कुमार कर्ण (पंकज), रिता कुमारी मल्लिक, महेश चन्द्र दास, विप्लव आनन्द निर्वाचित हुनु भयो ।
चित्रगुप्त सेवा समिति राजविराजको गत असार ४ गते निर्वाचन सम्पन्न भएको थियो ।
Add Comment