कञ्चनरुप, २८ असार । घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय कञ्चनपुरले अबैध रुपमा संचालन गरी चलाई रहेको अवस्थामा कञ्चनरुपबाट दुई हजार लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
मंगलबार ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट प्रहरी निरीक्षक रमेश कुमार तिमल्सिनाको कमाण्डमा खटिएको १५ जनाको प्रहरीको टोलीले कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बाट अबैध रुपमा संचालन गरी चलाई रहेको ४ वटा रक्सीको भट्टीमा खान तलासी गर्ने क्रममा सो परिमाणको घरेलु मदिरा बरामद गरेको हो ।
प्रहरीका अनुसार ४ वटा रक्सी भट्टीबाट कच्चा पदार्थ ५०० लि, तयारी मदिरा २००० लि, स्टिलको भाडो ४ वटा, प्लाष्टिकको भाडो २० वटा समेत बरामद गरी नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
उक्त बरामद गरिएका कच्चा पदार्थ र तयारी मदिरा स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरीएको प्रहरीले जनाएको छ ।
अवैधरूपमा मदिरा उत्पादन र सेवनलाई अन्त्य गर्ने उद्देश्यले चलाएको अभियानअन्तर्गत उक्त परिणामको मदिरा बरामद गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
Add Comment