सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ मुसहरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय राम उदगार सदा रहेका छन ।
सोमबार दिउँसो घर नजिकैको माझी पोखरीमा डुबेर सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी पानीमा डुबेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
मृतकको शव परीक्षणका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याएको तथा घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment