समाज

कञ्चनरुप–१२ रुपनगरद्वारा टोल सुधार समितीलाई २३० वटा डस्बिन वितरण

टोल सुधार समितिलाई २३० वटा डस्बिन वितरण

कञ्चनरुप, ४ साउन । वडा र समाज सफा राख्न सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगरले आज वडामा रहेका टोल सुधार (विकास) समितीलाई २ सय ३० वटा डस्बिन वितरण गरेको छ ।
कञ्चनरुप १२ मा बुधबार आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख ललन प्रसाद गुप्ताले टोल सुधार समितीका अध्यक्षहरुलाई उक्त डस्बिन हस्तान्तरण गर्नुभएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले नगरलाई स्वच्छ र सफा राख्नका लागि सरसफाइ अतिनै आवश्यक भएकाले वडा नम्बर १२ मा डस्बिन वितरण गर्नु साह्रै उदाहरणीय कार्य रहेको बताउनुभयो । वितरित डस्बिनको सही सदुपयोग गर्न समेत सबैलाई आग्रह गर्नुभयो ।

KRN

कञ्चनरुप–१२ को आ.व. २७८÷०८९ को वडा स्तरीय योजना अन्तर्गत विनियोजिन रकमबाट वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि डस्बिन वितरण गरेको वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनु भयो । आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहने अध्यक्ष खत्रीले बताउनु भयो ।
फोहोरको व्यवस्थापन गरेमा वातावरण समेत स्वच्छ हुने र जनाताका स्वास्थ्यमा समेत सुधार आउने उहाँको भनाई छ ।
सो कार्यक्रममा उपप्रमुख मुना कुमारी पोखरेल ,वडा सदस्यहरु, वडा नम्बर १२ का टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा २ लाख ४० हजार मूल्यमा खरिद गरिएको २ सय ३० वडा डस्बिन १२ वटा टोल सुधार समितिमा प्रत्येक टोल सुधार समितिलाई १९ वटाको दरले वितरण गरिएको वडा सदस्य जैनुदिन मियाँले जानकारी दिनुभयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

KRN
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page