आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

कञ्चनरुप -६ घोघनपुरमा पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनरुप, १८ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज दिउँसो करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की २१ वर्षीया अन्जली सरदार र उनको काका ससुरा ४० वर्षीय मधु सरदार रहेका छन् ।
पानी तान्ने मोटर जडान भएको कलमा पानी तान्ने क्रममा करेन्ट लागेर उनीहरूको मृत्यु भएको स्थानीय मनोज कुमार साहले जानकारी दिए ।
टुवेलमा पानी लिन गएकी अञ्जलीलाई करेन्ट लागेको थियो । बुहारीलाई करेन्ट लागेको थाह पाएर काका ससुरा बचाउन जाँदा उनको पनि मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page