समाज

दुधकुण्डमा लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीद्वारा उद्दार

सोलुखुम्बु, २८ श्रावण । दुधकुण्डमा लेक लागि अचेत अवस्थामा रहेकी भक्तजनको प्रहरीले उद्दार गरेको छ ।
सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका १ स्थितमा रहेको प्रसिद्ध धार्मिक स्थल ठुलो दुधकुण्डको दर्शनार्थ आएका एक भक्तजनलाई प्रहरीले उद्दार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले गत २६ गते दर्शनको लागि गएकी युवती ४६०० मि. उचाईमा रहेको दुधकुण्ड नजिकै लेक लागि अचेत अवस्थामा फेला पारेकी थिइन्।
अचेत अवस्थामा रहेकी ती युवतीको महिला प्रहरीले बोकेर दुधकुण्ड बेश क्याम्प तर्फ प्राथमिक उपचारको लागि लगिएको हो । काठमाडौं घर भएकी ती युवती उपचार पश्चात सामान्य भएर घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

You cannot copy content of this page