समाचार

कञ्चनरूपको एउटा मतदानस्थल सार्ने र तीन वटालाई टुक्र्याएर थप गर्ने तथा नाम सच्याउने निर्णय

कञ्चनरुप । सप्तरीको कञ्चनरूप नगरपालिका–३ पोखरी छेउको चौर गोरपारबाट राष्ट्रिय मावि वनरैतमा मतदानस्थल सार्ने सिफारिस गरिएको छ।
त्यस्तै कञ्चनरूप नगरपालिका–३ स्थित राष्ट्रिय मावि वनरैत टोलको मतदानस्थललाई टुक्र्याएर शंकर मावि सुब्बाटोल, वडा नं ९ स्थित इलाका वन कार्यालय काष्ठमहललाई टुक्र्याएर राष्ट्रिय प्रावि रघुनाथपुर, वडा नं १० जनता आधारभूत विद्यालय बदगामालाई टुक्र्याएर राष्ट्रिय प्रावि डेढाहा थप गर्ने सिफारिस गरिएको छ।
यसैगरी संघीय संरचनाअघिका पुराना नाम र त्रुटिपूर्ण ३३ वटा नाम सच्याउने निर्णय भएको छ। कञ्चनरूप नगरपालिका–८ स्थित गाविस भवन कञ्चनरूप, वडा नं १२ स्थित गाविस भवन रूपनगरको नाम वडा कार्यालय भवन भनेर सच्याइएको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचनका लागि ९ मतदानस्थल सार्ने र १८ वटा थप गर्ने निर्णय गरेको छ। जिल्लामा रहेका मतदानस्थलमा ९ वटा सार्ने, १८ वटा थप गर्ने, दुइटा गाभ्ने र ३३ वटाको नाम सच्याउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गरेको छ।
गत स्थानीय तह निर्वाचनमा ९ नगरपालिका र ९ गाउँपालिका तथा एक सय ६४ वडा रहेको सप्तरीमा दुई सय ९७ मतदानस्थलमा पाँच सय ३६ मतदान केन्द्र थिए।
भौतिक पूर्वाधार, सुरक्षा संवेदनशीलता र मतदातालाई पायक पर्ने आधारमा मतदानस्थल सार्ने, टुक्र्याएर थप गर्ने, एकापसमा गाभ्ने र त्रुटियुक्त मतदानस्थलको नाम सच्याउने निर्णय भएको समितिका संयोजक प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए। निर्णयबमोजिम निर्वाचन आयोगमा सिफारिस पठाएको उनले बताए।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page