समाज

सप्तरी तिलाठी कोइलाडी स्थित दशगज्जा क्षेत्रमा एक पुरुषको वेवारिसे शव फेला

सप्तरी, २९ भदौ । सप्तरीस्थित कुनौली जाने दशगज्जा क्षेत्रमा आज विहान एक जना पुरुषको वेवारिसे शव फेला परेको छ ।
जिल्लाको तिलाठी कोइलाडी–१ स्थित राजविराज भन्सार कार्यालयदेखि करिब १ सय ५० मिटर पूर्वतर्फबाट करिब ४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दशगज्जा क्षेत्रबाट फेला परेको सो शव पहाडे मुलकको जस्तो हुलिया रहेको जनाइएको छ । प्रहरीले शव पहिचानका लागि सबैतिर रिले गरेको र मृतकको हालसम्म सनाखत नभएको जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page