राजनीति

माओवादी परित्याग गरेका खड्काले गरे सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा

उत्सव आचार्य
कञ्चनरुप । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणासँगै चुनावी सरगर्मी बढेको छ । सरकारले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेपछि विभिन्न दलका कार्यकर्तादेखि स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरिरहेकाहरू उत्साहित बनेका छन् ।
त्यसैक्रममा सप्तीका सामाजिक अभियन्ताका रुपमा सक्रिय तथा राष्ट्रिय सहकारी बोर्डका सन्चालक समिति सदस्य शम्भु बहादुर खडकाले आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
खडकाले आइतवार सप्तकोशी नगरपालिका स्थित पत्रकार सम्मेलन गरि आगामी मंसिर ४ गते हुने निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । सप्तरीको सप्तकोशी नगरपालिका –१, फत्तेपुर निवासी खड्का स्थानीय त्रियुगा सहकारी संस्थाका अध्यक्ष समेत हुन। सामाजिक तथा राजनीतिक क्षेत्रमा उनको लामो योगदान छ।
‘सप्तरी क्षेत्र नम्बर १ को समृद्धिनै मेरो उम्मेदवारीको ऐजेन्डा हो,’ आफन्त, शुभेच्छुक, समर्थक सहित प्रस्तुत भएका खडकाले पत्रकारहरुसँग भने, ‘राजनीतिक गर्ने मेरो अन्य कुनै ठुलो चाहना छैन, यो क्षेत्रलाई देशकै नमुना कसरी बनाउन सकिन्छ भनेर उम्मेदवारी घोषणा गरेको हो ।
सप्तकोशी १ फत्तेपुरमा रहेको त्रियुगा सहकारी संस्थाको सन्चालक समिति अध्यक्ष पदमा रहि लामो समय देखि सहकारी अभियान्तको रुपमा काम गरेका खडकाले सहकारी सेबा मार्फत किसानहरुको हकहितको लागि लामो समय देखि काम गर्दै आएका छन् ।
सहकारी मार्फत किसानहरुको हकहित लागि लड्दै आएता पनि सोचे अनुरुप काम गर्न नसकिएकाले नीति निर्माण तहमै नबसि जनताहरुको जिवन स्तर उकास्न नसकिने देखिएपछि आफु प्रदेश सभा सदस्य पद उम्मेदवारी दिन लागेको बताए। राजनैतिक दलहरु प्रतिको जनबिस्वास गट्दै गएको अबस्थामा दल भन्दा माथि उठेर स्वतन्त्र रुपमा रहेर यो सप्तरी क्षेत्र नम्बर १ (क) का सम्पुर्ण शिक्षा ,स्वास्थ्य कृषि पशुपालन लगायतका क्षेत्र बिकास गर्नको लागि सदैब लागि रहेनै प्रतिबद्धताका साथ आउदो मङ्सिर ४ गते हुने प्रदेश सभाको निर्वाचन आफ्नो अमुल्य मत दिइ आफ्नो मतको सहि सदुपयोग गर्नुहुन सम्पुर्ण १ नम्बर क्षेत्र बासि मतदाताहरुलाई अनुरोध गरेका छ्न।
स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै खडकाले भने पटक पटक राजनीतिक दलको भोट बैंक भएर काम गरियो यो पटक आफै उम्मेदवार भएर आएको छु आफ्नो अमुल्य मत दिइ बिजयि गराउन अनुरोध गर्दै जनताको मतको सहि सदुपयोग गर्ने समेत प्रतिबद्धता जनाएका छ्न।
गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तकोशी नगरपालिकाको मेयरमा नेकपा माओवादीका तर्फबाट चुनाव लड्ने योजना बनाएका खड्का अन्तिम समयमा ब्याक हुन परेको थियो। त्यसपछि उनी पार्टीमा असन्तुष्ट थिए। असन्तुष्टिकै बीचमा उनले भदौ २६ गते साधारण सदस्य समेत नरहने गरी माओवादीबाट राजिनामा दिए। त्यसपछि उनी प्रदेश सभा सदस्यको तयारीमा जुटेका छन्।
दलसँग जोडएर निर्वाचनमा जाँदा उनीहरुका गलत कामको साक्षी बस्नुपर्ने आशंका उनको छ । निर्वाचनको सकारात्मक परिणामका लागि चरणबद्ध छलफलमा रहेका खडकाले विभिन्न स्वतन्त्र र नागरिक समाजका प्रतिनिधिहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page