राजविराज । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाको आत्मशान्ति कामना गर्दै सप्तरीको विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ ।
विभिन्न संघसंस्थाले राजविराजस्थित सहिद दशन चोक, गजेन्द्र चोक, रुपनी गाउँपालिकाको चोकलगायतका ठाउँमा दीप प्रज्वलन गरेका हुन् ।
सहिद दशन चोकमा सामुदायिक सेवा केन्द्र, जनमत पार्टी, प्रेस सेन्टर तथा गजेन्द्र चोकमा राष्ट्रिय एकता अभियान, हिन्दु सम्राट सेना, रुपनी चोकमा स्थानीयवासीले दिप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सरकारले दुर्घटनामा ज्यान गुमाउनेको शोकमा सोमबार सार्वजनिक बिदा दिएपछि देशका विभिन्न स्थानमा मृतकको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो । साँझ गरिएको दीप प्रज्वलनमा स्थानीयवासी सहभागी भएका थिए ।
दुर्घटनामा ज्यान गुमाएकाको नाममा बत्ति बाल्दा मृतकका आत्माले शान्ति पाउने धार्मिक विस्वास छ ।
Add Comment