समाचार समाज

सप्तरीको छिन्नमस्ता-६ मा झुण्डिएको अवस्थामा एक युवको शव फेला

कञ्चनरुप, २३ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ मा एक युवको झुण्डिएको अवस्थामा शव फेला परेको छ । घर नजिकैको आँपको रुखमा झुण्डिएको अवस्थामा सोमबार बिहान छिन्नमस्ता–६ का २१ वर्षीय महेन्द्र मण्डल मृत फेला परेका हुन ।
आँपको बगैंचामा मण्डललाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगतै घटना स्थलमा प्रहरी टोलि खटी सर्जिवन मुचुल्कासहित कार्य गरि शव परीक्षणका लागि अस्पताल पठाएको थियो ।
मृतक मण्डलको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षण गरि परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घटनाबारे थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page