समाचार समाज

सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, दुई घाइते

कञ्चनरुप, १४ चैत । सप्तरीमा इँटा भट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छ्न् ।
मंगलबार बिहान जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर २ पिपराहि स्थितमा रहेको जेएस.आर इँटा भट्टा उद्योगमा काम गर्ने भारतको जिल्ला कुच बिहार ग्राम पंचायत अठरजनि भारत वेष्ट वंगाल बस्ने अपसर अलीको ४५ वर्षीय छोरा अलिम अजिमको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ईट्टा निकाल्ने क्रममा भट्टाको पूर्व साईडको पर्खाल भत्किदा अजिम सख्त घाइते भएका थिए । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको अवस्थामा अजिमलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएकोमा अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
पर्खाल भत्किदा अजिमकी २८ वर्षीया श्रीमती मुजिना बिबि र पश्चिम बंगाल भारत नै घर भएका २५ वर्षीय जयारुल हक सामान्य घाइते भएका छन् । उनीहरुको दुवै खुट्टामा चोट लागेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र सोही अस्पतालमा उपचाररत छ्न् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page