समाचार समाज

सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा साहविरुद्ध उजुरी दर्ता

राजविराज । सुस्त मनस्थितिकी ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–६ का ६० वर्षीय मुक्तिलाल साहविरुद्ध चैत १५ गते उजुरी दर्ता भएको छ ।
पीडितले बनाउँदै गरेको नयाँ घरमा गाडिएको ट्युववेलमा चैत ९ गते नुहाउन गएकी महिलालाई नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत १० गते आरोपितविरुद्ध उजुरी दिनुभएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत १० गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो । आरोपित हालसम्म फरार रहेकाले चैत १७ गते पक्राउ पुर्जी जारी भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page