समाचार समाज

सप्तरीमा कारले मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु , बुबा घाइते

सप्तरी । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा कारको ठक्करबाट मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत छिन् । मृतक बालिकाका बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प १९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कारका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page