समाचार समाज

सप्तरीमा खेल्ने क्रममा पोखरीमा डुबेर ११ महिने बालकको मृत्यु

राजविराज । सप्तरीको रुपनी गाउँपालिका ४ छपकीमा खेल्ने क्रममा पोखरीमा डुबेर ११ महिने बालकको मृत्यु भएको छ । स्थानिय देवचन्द्र मुखियाको ११ महिनाको छोरा राज मुखियाको पोखरीमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मंगलबार साँझ घरदेखि पूर्व पट्टि रहेको पोखरिमा डुबेर घाईते भएका शिशुलाई राजविराज स्थित रहेको छिन्नमस्ता अस्पतालमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page