समाचार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लिबहादुर चौधरी नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लिबहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको हो ।
चौधरी प्रदेश सभाको बहुमत ५३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री लिला गिरिले गत सोमबार प्रदेश सभामा विश्वासको मत नपाएपछी प्रदेश प्रमुख शेरचनले मंगलबार नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए।
चौधरिलाई ८ राजनितिक दलका ५२ र एक स्वतन्त्र सान्सद सहित ५३ सांसदको समर्थन रहेको छ।
नियुक्त मुख्यमन्त्री चौधरीले शुक्रबार सपथ लिने भएका छन्।

   

You cannot copy content of this page