अग्नीसाईर कृष्णासवरण, ९ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ३ हरिहरमा शनिबार बाटोको विषयलाई बसेको पन्चायतीमा झडप हुदा तीन जना घाईते भएका छन् । बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष उपेन्द्र चौधरीको नेतृत्वको समुहको कुटपिटमा उनीहरु घाईते भएका हुन् ।
घाइते हुनेमा स्थानीय चन्द्रदेव चौधरी, चुडामणी चौधरी र उपेन्द्र चौधरी घाईते भएका छन् । उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको घाइतेका परिवारजनले बताएका छन् ।
वडा नम्बर ३ का वडा गोपाल प्रसाद चौधरीको अध्यक्षतामा आधारभूत विद्यालयमा भएको छ्लफलमा उपभोक्ता समितिका अध्यक्षको नेतृत्वका नवराज जोशी, दिनेश जोशी, महेन्द्र चौधरी, दिनेश्वर चौधरी, दिलानन्द चौधरी (दिलु), हर्ष नारायण चौधरी रोहित, सुशील कुमार चौधरी, गोरखनाथ चौधरी, उपेन्द्र चौधरी लेखीले अन्धाधुन्ध आक्रमण गरेको घाइते चन्द्रदेव चौधरीले बताए ।
उक्त छ्लफलमा पूर्व गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष अरुण कुमार चौधरी लगायतका स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थित रहेको थियो ।
बाटोको विवादलाई लिएर यसअघि समेत उपभोक्ता समितिका सदस्य हर्ष नारायण चौधरी रोहितले एक महिलालाई निर्घात कुटपिट गरेका थिए ।
बाटोको विषयलाई लिएर बसेको पन्चायतीमा झडप, ३ जना घाइते














Add Comment