सप्तरी । सप्तरीमा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कल्याणपुरले आइतबार शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय शिवकुमार सदा, ४५ वर्षीय उमेश सदा र ३२ वर्षीय श्रीनारायण सदालाई पक्राउ गरेको हो ।
पीडितले साउन ७ गते दिएको उजुरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ थियो । पीडितको ७ गते नै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ ।
माइतबाट साउन ६ गते साँझ घर फर्किदै गर्दा बाटोमा लखेटेर शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित खेतमा लगेर बलात्कार गरेको पीडितले बताए ।
घटनामा संलग्न रहेका शम्भुनाथ नगरपालिका–५ मोहनपुरका २६ वर्षीय फुलकुमार सदा र २७ वर्षीय शिवनारायण सदा फरार रहेका छन् ।
उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा अनुसन्धान प्रकृया शुरु गरी म्याद थपका लागी सम्मानित सप्तरी जिल्ला अदालत तर्फ पठाईएको छ ।
सम्मानित जिल्ला अदालतवाट ५ दिन म्याद थप आदेश भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment