आइतबार, २३ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, २३ कात्तिक २०८३
समाज

सप्तरीमा मोटरबाट खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

कञ्चनरुप, १९ श्रावण । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका ६ फकिराका चुनि साह तेलीको ५८ वर्षीया श्रीमती दुर्गी देवी साह रहेको सप्तरी प्रहरीले जनाएको छ ।
बिहिवार खेतमा मोटरबाट पानी पटाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी साहको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page