कञ्चनरुप । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपनी गाउँपालिका ५ घुरगामका उपेन्द्र रामकी ५१ वर्षीया श्रीमती पानो देवी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार आफ्नै धान खेतमा पानी पटाउने मोटरको तार जोड्ने क्रममा करेन्ट लागि पानो देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानाएको छ ।
Add Comment