समाचार समाज

सप्तरीमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

कञ्चनरुप, १३ भदौ । सप्तरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका २ का शैलेन्द्र मण्डलको १२ वर्षीय छोरा आशिक मण्डल रहेका छन ।
आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा मंगलबार डुबेर बालकको मृत्यु भएको हो ।
बालक डुबि मृत अवस्थामा भेटिएको खबर पाउनासाँथ ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको टोलीले बालकको शव बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बालको शव परिक्षण पश्चात् आफान्तलाई बुझाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page