समाचार समाज

सप्तरीमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनरुप, १५ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आयल ट्रेड सेन्टर छेउमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो।
बिहीबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १५ च ९००३ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको स ६ प २१८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ४६ वर्षीय पुरनधर चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पुरनधरको रुपनी रायपुर स्थित युनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा संलग्न कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page