कञ्चनरुप ,१७ असोज। सप्तरीको कञ्चनरुप नगरपालिकामा एक दम्पतीसहित ३ जना एचआइभी एड्स संक्रमित फेला परेका छन् ।
कञ्चनरुप नगरपालिका वडा नम्बर–४ का २८ वर्षिय पुरुष र २४ वर्षीया महिला तथा वडा नम्बर–९ की ३५ वर्षीया एक महिलामा एड्स संक्रमण पाइएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ मा एक दम्पतीमा तथा आर्थिक वर्ष २०७९/0८० मा कञ्चनरुप–९ की ३५ वर्षीया एक महिला एड्सबाट संक्रमित भएको कञ्चनरुप स्वास्थ्य शाखाले जनाएको छ ।
तीनै जना संक्रमितहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भरहेको जनाइएको छ ।
Add Comment