मधेस प्रदेश समाज स्वास्थ्य

रुपनगरमा तीनदिने आँखा शिविर सम्पन्न, ५७८ जना मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

कञ्चनरूप, १ फागुन । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित मोतियाबिन्दु तथा आँखा जाँच शिविरमार्फत छनोट भएर आएका ५ सय ७८ जनाको बिहीबार मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ । त्यस्तै ३ जनाको टेरिजियम (आँखामा मासु पलाएको) को शल्यक्रिया गरिएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रहेको तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रूपनगरमा तीन दिनसम्म सञ्चालित शल्यक्रिया शिविरमा २ हजार ४ सय ५० जना भन्दा बढी बिरामीको निःशुल्क आँखा परीक्षण समेत गरिएको तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रूपनगरका स्वास्थ्यकर्मी अनिल साउदले जानकारी दिनुभयो ।
यस शिविरको आयोजना तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्र रूपनगर , कञ्चनरुप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरले संयुक्त रूपमा गरेकाे हो । साथै, विशेष सहयोग क्येर ब्लाइडनेस प्रोजेक्ट द्वारा प्रदान गरिएको थियो।
साउदका अनुसार तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. रोजिता पराजुलीको नेतृत्वमा डा. कौशल पोखरेल, डा. मोहिनी श्रेष्ठ, डा. सुजा गुरुङ लगायतका अन्य विशेषज्ञहरू टोलीद्वारा माघ २८ देखि ३० फागुनसम्म कञ्चनरुप सर्जिकल आँखा केन्द्र रूपनगरमा शल्यक्रिया गरिएको थियो ।

सानो सानो सहकार्यले उत्कृष्ट ब्यबस्थापन गर्दै तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्रको टिमले सफलताका साथ शिबिर सम्पन्न गरेको हो ।
शिविर सफल बनाउन स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, युवा, पत्रकार तथा नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेका थिए । आयोजक संस्थाहरूले सबै सहयोगी हातहरू प्रति आभार व्यक्त गरेका छन् ।
निशुल्क आँखा शिविर सञ्चालन गरिंदा आर्थिक समस्या भएका र मोतियाबिन्दु भएका आँखाका बिरामीलाई शिविरले सहज गरेको छ ।


शिविर अवधिभर बिरामीहरूको सुविधाका लागि विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका थिए । बिरामीहरूका लागि रात्रीबासको व्यवस्था रुपनगर आँप उत्पादक समूहले मिलाएको थियो भने स्वयंसेवक व्यवस्थापन कञ्चनरुप नगरपालिका वडा नम्बर ९ को कार्यलयबाट स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको ब्यबस्था गरेको थियो ।
त्यसैगरी, बिरामीहरूलाई भोजनस्वरूप खिचडीको व्यवस्था कञ्चनरुप नगरपालिकाका मेयर र उपमेयरको तर्फबाट गरिएको थियो भने मिथिला होटल एन्ड पार्टी प्यालेसले बिरामीहरूका लागि पानीको व्यवस्थापन गरेको थियो।

   

You cannot copy content of this page