कञ्चनरूप, १ फागुन । सप्तरीको सप्तकोसी नगरपालिकामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभि खोप अभियान बिहिवारदेखि शुरु भएको छ ।
सप्तकोसी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सप्तकोसी नगरपालिका वडा नम्बर १ बाट शुरु गरिएको हो । खोप नगरका १ हजार १ सय ७५ जना किशोरीहरुलाई लगाउने उदेश्य रहेको स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले जानकारी दिनुभयो ।
पहिलो चरणको खोप अभियान सप्तकोसी नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्मका किशोरीहरुलाई लगाइने सप्तकोसी नगरपालिका स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले जानकारी दिनुभयो ।
एचपिभि खोप विशेशत १० देखि १४ वर्ष उमेर समुह का किशोरीहरुलाई लगाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सरलाइ रोकथाम गर्ने उदेश्यले संचालित एच पि भि खोप अभियान सप्तकोसी नगरपालिकाका सामुदायिक र संस्थागत गरि १८ वटा विद्यालय र २ स्वास्थ्य चौकिमा खोप केन्द्र राखि अभियान शुरु गरिएको प्रमुख चौधरीले बताउनुभयो ।
विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन छुट भएका किशोरीहरुलाई स्वास्थ्य चौकी फत्तेपुर र स्वास्थ्य चौकी ओद्राहामा फाल्गुन ६ गतेसम्म लगाइने भएको छ ।