जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
नगराइन नगरपालिका–८ खिरखिरियाका २५ वर्षीय सितेस कुमार दासको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब पौने ६ बजे खेतमा मोटरबाट पानी लगाउने क्रममा दासलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो।
तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले दासलाई मृत घोषणा गरेका थिए।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।















