तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
जिल्ला तेह्रथुमको छथर गाउँपालिका–२ मा ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो।
सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरीले आरोपित लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।
पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपितको स्वास्थ्य परीक्षण (मेडिकल) गराई प्रहरी हिरासतमा राखेको छ।
घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।














