समाज

सप्तरीको सप्तकोसी नगरपालिकामा मास्क खोई अभियान सञ्चालन

खगेन्द्र कार्की /
फत्तेपुर ।
मुलुक भर कोभिड संक्रमण दर बढेसँगै सप्तरीको सप्तकोसी नगरपालिकामा सोमबार ‘मास्क खै’ अभियान सञ्चालन गरिएको छ ।
सप्तकोसी नगरपालिकाको सहयोगमा न्यु त्रियुगा स्पोर्ट्स क्लब फत्तेपुर, प्रहरी चौकि फत्तेपुर र शशस्त्र प्रहरी बल फत्तेपुरले संयुक्त रुपमा तपाईंको माक्स खै अभियान सन्चालन गरेका छ्न् ।
सप्तकोसीमा कोभिडको दर बढे पनि मास्क नलगाउने प्रवृति कम गर्न मास्क खै अभियान सुरु गरेको क्ल्बका अध्यक्ष अजय श्रेष्ठले बताउनुभयो ।
हातमा माक्स बोकेर सडकमा आई सर्वसाधारणले मास्क लाए नलाएको अनुगमन गरी मास्क नलगाएकाहरुलाई निशुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू संचालन गरिरहेको प्रहरी चौकि फत्तेपुरका प्रमुख प्रराज चौलागाईंले जानकारी दिनुभयो ।

प्रहरीले भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ ।

   

You cannot copy content of this page