काठमाडौं , पुष २ गते ।
नेपालमा आज ६ हजार ५ सय ८८ पीसीआर परीक्षण गरिएकोमा ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय ८ महिला र ४ सय ६८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ । यस्तै ६ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment