समाज

मोटरसाइकल चोरीको आशंकामा दुईजना पक्राउ

बृजमान तामाङ /
बिरेन्द्र बजार, ४ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ बिरेन्द्र बजारबाट शनिबार मोटरसाइकल चोरीको आरोपमा दुईजाना पक्राउ परेका छन् ।
मोटरसाइकल चोरी गरेको आशंकामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीय एक होटलमा चार्जमा राखेको मोबाइल चोरी भएपछि खोजतलास गर्दा मोबाइल उनीहरुबाट बरामद भएको स्थानीयले बताएका छ्न् । चोर माथी शंका लागेर थप केरकार गर्दा उनीहरु चढेर आएको मोटरसाइकल पनि चोरीको भएको भनी स्वीकार गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले को २६ प ६६९१ नम्बरको मोटरसाइकल सहित दुबैजनालाई प्रहरीको जिम्मा लगाएका छ्न् । चोरीको आरोपमा पक्राउ परेका दुबैजना ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको जनाएको छ ।
मोटरसाइकल चोरीको शंका लागेपछि उनीहरुमाथी छानबिन भईरहेको ईलाका प्रहरी कार्यालय रुपनीका ईन्चार्ज प्रहरी नायव निरीक्षक अमिरी यादवले बताए । पक्राउ परेका युवाहरूले मोटरसाइकल मागेर ल्याएको भने पनि मोटरसाइकल धनी हालसम्म सम्पर्कमा नआएकोले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
चोरीको आरोपमा पक्राउ परेका युवाहरू राजबिराज नगरपालिकाको रहेको तथा उनीहरुको साथबाट बरामद मोटरसाइकल ईलाका प्रहरी कार्यालय रुपनीमा रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page