समाज

भारदहमा ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको भारदहमा तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका अन्तरगत भारदह बजारस्थित पूर्वपश्चिम लोकमार्गमा ना ४ ख ३७३३ नम्बरको ट्यांकरले ठक्कर दिँदा तिरहुत गाउँपालिका ३ का देव नारायण दासकी छोरी लक्ष्मी कुमारीको मृत्यु भएको हो ।

लक्ष्मी कुमारी दुध बोकेर साइकलमा आएकी थिइन र बाटो काट्ने क्रममा ट्यांकरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

घाइते किशोरीको विराट नर्सिङ्ग होम विराटनगरमा मृत्यु भएको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page