स्वास्थ्य

कोभिड–१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पालिका स्तरीय अभिमूखिकरण सम्पन्न

कञ्चनरुप , पुष १५ गते । नेपाल रेडक्रस सोसाइटी सप्तरीले आज बुधबार कञ्चनरुप नगरपालिकामा कोभिड –१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत एमवास् सिसि सँगको पालिका स्तरीय बैठक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्ने र सचेतना कार्यक्रम सञ्चालन गरिएकै कारणले गर्दा नगरपालिकामा ठुलो क्षति हुनबाट जोगिएको बताउनुभयो ।

नगर उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका लगायतका वक्ताहरुले नगरपालिकाले हरेक क्षेत्रको कामलाई महत्व दिएकै कारणले गर्दा सोच अनुसारको उपलब्धि प्राप्त गर्न सकेको र नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुले सचेत भई इमान्दारी पूर्वक काम गरेका कारण स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका कोभिड १९ का फोकल पर्सन विनोद कुमार श्रेष्ठले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउँनुभएको थियो भने नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page