राष्ट्रिय स्वास्थ्य

नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि ; ६ सय ३७ जना संक्रमणमुक्त

सप्तरी , १९ पुष । नेपालमा आज थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज थप ६ सय ३७ जना कोरोना संक्रमणमुक्त भए सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको छ ।
देशभरिका आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ५ हजार ४ सय ८७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ८ सय ७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page