समाज

सप्तरीको विरेन्द्र बजारमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सप्तरी , २०७७ पुष २१ गते। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजारमा गएराति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा विष्णुपुर गाउँपालिका–१ वासितपुरका ३५ वर्षीय रामकुमार खत्वे मण्डलको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकको नम्बर खुल्न सकेको छैन । यद्यपी, अगाडिको भागमा रगत लागेको एक ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक साहले बताउनुभयो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page