बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा विद्युतीय धरापमा परेर जंगली हात्तीको मृत्यु

कञ्चनरुप , २०७७ पुष २५ गते  । सप्तरीमा करेण्ट लागेर हात्तीको मृत्यु भएको छ । योसँगै डेढ महिनाभित्र करेन्ट लागेर दुई हात्तीको मृत्यु भएको छ ।

खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो । हात्तीको आतंकविरुद्ध नगरपालिकाको वडा नम्बर ४ अमहामा स्थानीयले जोडेको विद्युतीय धरापमा परी शनिबार बिहान हात्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको भाले हात्ती गाउँ प्रवेश गर्न लाग्दा करेन्ट लागेर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।

सप्तरीकै कञ्चनरुप नगरपालिकामा यसअघि मंसिर ७ मा एउटा हात्तीको करेन्ट लागेर नै मृत्यु भएको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page