समाचार

बालश्रम मुक्त नगर घोषणा गर्ने तयारीमा कञ्चनरुप नगरपालिका

कञ्चनरुप ,२०७७ पुष २८ गते । सप्तरीको कञ्चनरुप नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्न आज मंगलबार कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
सो गोष्ठिबाट बालश्रम मुक्त स्थानिय तह घोषणा गर्ने र त्यसलाई कार्यपालिकाबाट निर्णय गराउने , अनुगमन समिति गठन, पालिका स्तरीय संरक्षण क्षेत्र विषयगत समन्वय समिति गठन र परिचालन, बालश्रम मुक्त स्थानिय तह घोषणाका लागि प्रस्ताव तयार गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाउने जस्ता महत्वपूर्ण निर्णय समेत गरेको छ ।
सोही गोष्ठिमा ७ नम्बर वडाका वडा अध्यक्ष हरिकृष्ण महतो र १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले पहिलो बालश्रम मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।


नगर प्रमुख बसन्तकुमार मिश्र , नगर उपप्रमुख निरु पोखरेल , निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, १२ वटै वडाका वडा अध्यक्षहरु , विषयगत शाखाका संयोजकहरु , नगर सल्लाहकार, नगर प्रेस सल्लाहकार सहभागी गोष्ठिमा युनिसेफका कामदेव खनालले सहजीकरण गर्नुभएको थियो ।
नगर प्रमुख बसन्तकुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page