समाचार

सर्लाहीमा लागूऔषध १० किलो गाँजासहित श्रीमान–श्रीमती पक्राउ

सर्लाही । सर्लाहीमा लागूऔषध गाँजासहित श्रीमान–श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवल किशोर साह र मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती ४० वर्षीया उर्मीला देवी साह रहेको प्रहरीले जनाएको छ ।

ज ११ प ७९७१ नम्बरको मोटरसाइकल चढी जाँदै गर्दा दुबैजनालाई ईश्वरपुर नगरपालिका १३ स्थित रेलवे फाँटबाट १० किलो गाँजासहित पक्राउ गरेको प्रहरीले बताइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page