समाज

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेले हानेर एक वृद्धाको मृत्यु

कञ्चनरुप , २०७७ पुष २८ गते । सप्तरीमा साँढेले हानेर एक वृद्धाको मृत्यु भएको छ ।
सार्वजनिक रुपमा छाडिएको साँढेले हानेर आफ्नै घर अगाडी बाटोमा हिडिरहेकी छिन्नमस्ता गाउँपालिका २ की ८० वर्षीया दुर्गी देवी साहको मृत्यु भएको हो ।
पछाडीबाट साँढेले आक्रमण गर्दा घाईते भएकी साहको उपचारकालागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page