समाज

अत्याधिक चिसो बढेपछि कञ्चनरुप नगरपालिकाद्वारा दाउरा वितरण

कञ्चनरुप , २०७७ माघ ४ गते । अत्याधिक चिसो र हुस्सु (कुहिरो) लाग्न थालेपछि चिसो बाट बच्नका लागि सप्तरीको कञ्चनरुप नगरपालिकाले दाउरा वितरण गरेको छ ।
बाक्लो हुस्सु कुहिरो र अत्याधिक चिसो बढेपछि सप्तरीको जनजिवन कष्टकर बन्दै गइरहेको छ । बिहानदेखि बेलुकैसम्म हुस्सु लाग्ने, चिसो बतास चल्ने र दिउँसो घाम नलागेका कारण अत्याधिक चिसो बढेपछि बालबालिका तथा बृद्धबृद्धाहरु बढी प्रभावित भएका छन् ।
मानवको जीवन रक्षा गर्नु आफू र नगरपालिकाको पहिलो कर्तव्य रहेकोले वडा नम्बर १ देखि वडा नम्बर १२ सम्मको चौक चौकमा आगो ताप्नका लागि दाउरा वितरण गरिएको नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page