समाज

सप्तरीमा सुमोले रोकिराखेको ट्याक्टरलाई ठक्कर दिदा एकको मृत्यु ,दुई घाइते

कञ्चनरुप , २०७७ माघ ४ गते । सप्तरीको खड्क नगरपालिकामा आइतबार बिहान सुमोले रोकि राखेको ट्याक्टरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खड्क नगरपालिका वडा नम्बर ८ गिरधारी राईस मिल स्थित राजमार्गमा सडक खण्डमा रोकी राखेको स १ त २५१२ नम्बरको ट्याक्टरमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको मे १ ज २४५२ नम्बरको सुमोले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परी सुमोमा सवार झापाको शिवसतासी नगरपालिका ११ डुरामणी बस्ने मानप्रसाद लिम्बुको २५ वर्षीय छोरा रुपेश लिम्बुको मृत्यु भएको प्रहरीले बताइएको छ ।
दुर्घटना परी गम्भीर घाइते उनको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुमो चालक पाँचथर जिल्लाको फिदिम नगरपालिका ३ बस्ने वर्ष ३४ को टेकबहादुर दर्जी, सुमो सवार झापा गौराद नगरपालिका ४ वस्ने वर्ष ३६ को जितबहादुर श्रेष्ठ घाइते भएका छन् । चालकको छिन्नमस्ता अस्पताल राजविराज र श्रेष्ठको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page