समाज

सप्तरीमा एचआइभी एड्स संक्रमणबाट एक किशोरीको मृत्यु

सप्तरी, ५ माघ । सप्तरीमा एचआइभी एड्स संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर १ चनौराकी १६ वर्षीया अमैया धामीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाका अनुसार स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि अमैयाका आफन्तले दुई साताअघि अस्पताल भर्ना गरेका थिए ।
२०६८ बैशाख १ गते एचाआइभी एड्सबाट उनको आमाको मृत्यु भएको तीन दिनपछि बुबा इन्दलको पनि मृत्यु भएको थियो ।

अस्पतालको रेकर्डअनुसार सप्तरीमा अहिलेसम्म एचआइभी एड्सका कारण १५ जना पुरुष, ७ जना महिला, २ जना बालबालिका र १ जना तेस्रोलिंगी गरी २५ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page