समाज

चिसोबाट जोगिन धर्मि हल्फा महिला विकासद्वारा २५ विपन्न परिवारलाई कम्वल वितरण

शुभ नारायण यादव /
सप्तरी , माघ ६ गते ।

सप्तरी सहित तराईका जिल्लाहरुमा विगत केही दिन यता बढेको अत्यधिक चिसोबाट जोगिन एक संस्थाले गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ कोचाबखारिका दलित तथा विपन्न परिवारलाई धर्मि हल्फा महिला विकास क्लवले चिसोबाट जोगिन ब्लयाङकेट (कम्वल) वितरण गरेको हो ।
विगत केही समय यता तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोबाट जोगिन त्यहाँका विपन्न समुदायका झन्डै २५ परिवारलाई राहत स्वरुप ब्ल्याङकेट वितरण गरेको क्लवका अध्यक्ष एव समाजसेवि इ.सूर्य नारायण यादवले जानकारि दिनुभयो ।

चिसोबाट जोगिनका लागि त्यहाका गरिब तथा विपन्न समुदायका महिला तथा बृद्धबृद्धाहरुलाई कम्बल वितरण गरेको क्लवका अध्यक्ष यादवले जानकारि दिनुभयो । यसैबीच यस्तो चिसोको मौसममा उनीहरुले कम्वल पाएपछि खुशि ब्यक्त गरेका छन् ।

साथै कार्यक्रमका बीच युवा पत्रकार शुभ नारायण यादव तथा आसमान नेपालकि शान्ता सिंहलाई क्लवका अध्यक्ष एव समाजसेवि इ. यादवले सम्मान समेत गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page