राजनीति

नेकपा (ओली समूह)को कार्यक्रम बिथोल्न खोज्ने प्रचण्ड–माधव समूहका ७ जना कार्यकर्ता पक्राउ

सप्तरी, ८ माघ ।
नेकपा (ओली समूह) ले सप्तरीमा गर्न लागेको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रचण्ड–माधव समूहका सात जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओली समूहका नेता महेश बस्नेतको नेतृत्वमा बिहीबार सप्तरीमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम हुँदैछ । उक्त कार्यक्रमलाई बिथोल्न खोजेको भन्दै प्रहरीले बिहीबार बिहान प्रचण्ड–माधव समूहका छेदी रजक, बिनोद यादव, वडा अध्यक्षसमेत रहेका प्रेम यादवलगायतलाई पक्राउ गरेको हो ।
सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताउनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page