राष्ट्रिय

आश बोकी जानेहरु लाश बनि आँउदा विमानस्थलमा कसको मन रुदैन ?

काठमाण्डौं । विभिन्न सपना र आशा बोकेर जाने युवाहरु बाकसमा फर्किदा परिवारको मन रुने नै भयो । शनिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शवका बाकस आँउदा परिवार भावविहल देखिए ।
कमाई गरेर घर परिवार र सन्तानलाई सुख दिने आशमा गएका युवाहरु परदेशी फिल्ममा गाईएको गीतमा जस्तै लाश बनेर आँउला विमानस्थलको वातावरण नै सन्नाटा छाएको थियो ।

१९ जना मध्य एक जनाको अस्तु आईपुगेको छ भने १८ वटा शब । ती सबै मृतक नेपाली युवाहरुको डिसेम्बर महिनामा मृत्यु भएको हो । मलेशियामा लाखौँ नेपाली कामको सिलसिलामा पुगेका छन् ।
ती शवलाई नेपाल एयरलाइन्सले बिहान त्रिभुवन विमानस्थलमा ल्याइपुर्‍याएको थियो । परिवारको आग्रहमा नेपाली दूतावासले उतै दाहसंस्कार गरी निजगढका वीरबहादुर तामाङको अस्तु मात्रै पठाएको छ ।

बाँकेका तिर्थराम लोनिया, पाँचथरका सुन्दर राई, लक्ष्मीकुमार माझी, सिन्धुपाल्चोकका कालु तामाङ, अजय भण्डारी, झापाका लिलाबहादुर खड्का, बिष्णुकुमार चौधरी, धनकुटाका भीमबहादुर मगर, सिन्धुलीका सूर्यबहादुर तामाङ, काभ्रेका अजय तामाङ, नुवाकोटका मिलन लामा तामाङ, ताप्लेजुङका धनबहादुर बिके, नेत्रप्रसाद भट्टराई, रौतहटका विरेन्द्र राउत कुर्मी, पर्साका अझिर खान पैठाहान, इटहरीका मोहम्मद मिस्तार, मोरङा रामकुमार मुदियारको शव आएको हो ।
अझ यो जनवरी महिनामा मृत्यु भएका १६ नेपालीको शब ल्याउन सकिएको छैन ।

ज्यानकै बाजी लगाएर जीवन धान्नुपर्ने नेपाली जीवनका बाध्यताको एउटा परिणतिको तस्बिर हो यो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page