राष्ट्रिय

नेपालमा आज उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

तराई भू-भागमा अहिले बाक्लो हुस्सु लागेको छ । धेरै ठाउँमा अपराह्न्नसम्म हुस्सु हटे पनि कतिपय ठाउँमा भने साँझसम्म नै रहने मौसमविदहरुले बताएका छन् ।

आज दिउँसो प्रदेश १,गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाको अनुमान छ ।

यसैगरी आज राती प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page