अर्थतन्त्र

सहकारी ब्यबस्थापन सम्बन्धि पाँच दिने तालिम सम्पन्न

बृजमान तामाङ /
बिरेन्द्र बजार, माघ १४ गते ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपाल पुल्चोक ललितपुरको आयोजना तथा जिल्ला बचत तथा ॠण सहकारी संघ सप्तरीकोको संयोजनमा संचालित सहकारी ब्यबस्थापन सम्बन्धि पाँच दिने तालिम बुधबार सम्पन्न भएको छ ।
जिल्ला बचत तथा ॠण सहकारी संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष भवानी प्रसाद चौधरीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासँघका वरिष्ठ उपाध्यक्ष एबम पूर्व सांसद ओम देवी मल्लको प्रमुख आतिथ्यमा एक समारोहका बिच तालिम समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी मल्लले सहकारी संस्थाहरुलाई बचत तथा ॠण मात्रमा सिमित नराखी उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिईन। सहकारीको माध्यमले सामाजिक सेवाको साथै आर्थिक उन्नति पनि गर्छ, मल्लले भनिन, सहकारीको ब्यबस्थापन ठिकसंगले भए मात्र उदेश्य प्राप्त गर्न सहज हुनेछ ।

वरिष्ठ उपाध्यक्ष मल्लले प्रदेश नम्बर २ को सहकारीकर्मीहरुको क्षमता अभिबृद्वी गर्दै सहकारी संस्थाहरूको बिकासमा प्रथामिकताको साथ महासंघको सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन ।
किसान बचत तथा ॠण सहकारी संस्था बिरेन्द्र बजारको सभा हलमा आयोजित तालिम समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ प्रबन्धक गोपिकृष्णा भण्डारी, पत्रकार बृजमान तामाङ, किसान बचत तथा ॠण सहकारी संस्था बिरेन्द्र बजारका अध्यक्ष आनन्द प्रसाद मेहता, सहभागीहरु लक्षमि अधिकारी, हृदय देव चौधरी, बिजय चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।
कार्यक्रमको संचालन जिल्ला बचत तथा ॠण सहकारी संस्थाका कोषाध्यक्ष चेत नारायण मेहताले गरे । कार्यक्रममा प्रमुख अतिथि मल्लले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिन ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि महासंघका वरिष्ठ उपाध्यक्ष ओम देवी मल्ल,वरिष्ठ प्रबन्धक गोपिकृष्णा भण्डारी, पत्रकार बृजमान तामाङ लगायतकालाई सहकारी संघ सप्तरीद्वारा शनिदेव र रुपनी देवी मन्दिरको फोटो मायाको चिनो प्रदान गरिएको थियो ।
सप्तरीका विभिन्न स्थानीय तहका सहकारीकर्मीहरु सहभागी रहेको तालिमको प्रमुख प्रशिक्षक गोपिकृष्णा भण्डारी थिए भने सहायक प्रशिक्षकमा चेत नारायण मेहता रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page